काठमाडौं । नागरिकता विवादम सांसद पद गुमाएका रवि लामिछानेलाई फेरि गृहमन्त्री बनाउन माग गर्दै जुम्लामा एकजनाले आत्मदाह प्रयास गरेका छन् ।
बिहीबार जिल्ला प्रशासन कार्यालय जुम्लाअगाडि बाँकेको कोहलपुर घर भएका गोकर्ण कार्कीले पेट्रोल खन्याएर आत्मदाह प्रयास गरेका हुन् ।
प्रहरीका अनुसरा भ्रष्टाचारीलाई कारवाही हुनु पर्छ, रवि लामिछानेले न्याय पाउनुपर्छ, गृहमन्त्री बनाउनुपर्छ भन्दै सरकारी कर्मचारीसमेत रहेका कार्कीले आत्मदाह प्रयास गरेका हुन् ।
जुम्लाका डीएसपी नरेन्द्र चन्दका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका सवारी चालक कार्कीले शरीरमा पेट्रोल खन्याएर आत्मदाह प्रयास गर्दै गर्दा प्रहरीले जोगाएको हो । जुम्लाकी सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले एक पुरुषले आत्मदाहको प्रयास गरेको जानकारी दिईन् ।
उनका अनुसरा उक्त पुरुषले आफ्नो पूरै शरीरमा पेट्रोल छर्केका थिए। तर, आगो लगाउन खोज्दा लाइटर नबलेकाले जल्न पाउन । बाँकेको कोहलपुर नगरपालिका—११ स्थायी घर भएका कार्की कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चालकका रुपमा कार्यरत थिए ।
पेट्रोल शरीरमा खन्याइसकेका उनलाई आगो लगाउनुपहिले नै जोगाएको हो । उनले प्रहरीलाई पेट्रोल जुनसुकै पम्पले दिने भन्दै त्यहीँबाट ल्याएर आएको बताएका छन् ।

Leave a Comment