Latest News
Kathmandu

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी आज पनि बस्दf

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी आज पनि बस्दf

 

काठमाडौंनेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ। पार्टीको बैठक ललितपुरको बालकुमारीमा हिजोदेखि जारी छ।

बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको २७ पृष्ठ लामो राजनीतिक प्रतिवेदन र महासचिवले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदनमाथि दफावार छलफल हुनेछ।

अध्यक्ष नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा छलफल गर्न केन्द्रीय कमिटी सदस्यलाई १० समूहमा विभाजन गरी छलफल थालिएको छ। आजको बैठक पनि यही छलफलमा केन्द्रित हुने नेकपा एकीकृत समाजवादीले जनाएको छ।

बैठकमा सहभागी केन्द्रीय सदस्यले प्रतिवेदनको अध्ययनसँगै दिएको सुझावलाई समेटेर आवश्यक परिमार्जनसहित राजनीतिक प्रतिवेदनलाई अन्तिम रुप दिने महासचिवले जानकारी दिए।

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
रविलाई न्याय मिलेन भन्दै जुम्लामा आत्मदाह प्रयास
पछिल्लो समाचार →
राजमार्गमा तरकारी फालेर किसानको प्रदर्शन, भारतीय तरकारीको आयात रोक्न माग

Leave a Comment

Your email address will not be published. Required fields are marked *