Latest News
Kathmandu

पुरानो बानेश्वरमा बाबु-छोरी मृत फेला

पुरानो बानेश्वरमा बाबु-छोरी मृत फेला

काठमाडौं । काठमाडौंको पुरानो बानेश्वरमा दुई जना मृत अवस्थामा भेटिएका छन् । रामेछाप घर भएका ४२ वर्षीय किशोर भण्डारी र उनकी ७ वर्षीया छोरी मृत भेटिएका हुन् ।

प्रहरी वृत्त, बानेश्वरका डीएसपीका अनुसार शनिबार साँझ ६ बजे दुई जनाको शव भेटिएको हो । प्रारम्भिक अनुसन्धानका क्रममा भण्डारीको छोरीलाई छुरा प्रहार गरिएको हुनसक्ने देखिएको डीएसपीको भनाइ छ ।

बुबा किशोर चाहिँ झुण्डिएको अवस्थामा फेला परेका थिए । त्यसैले उनले छोरीको हत्यापछि आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको नेपाल प्रहरीका अनुसन्धान अधिकृतहरु बताउँछन् । छोरी शारीरिकरुपमा अशक्त थिइन् ।

घटनास्थलमा प्रहरीले सुसाइड नोट समेत फेला परेको छ । त्यसमा आर्थिक समस्या लगायत विविध विषय उल्लेख गरिएको प्रहरीको भनाइ छ । किशोरले फार्मेन्सी सञ्चालन गर्दै आएका थिए ।

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
राजमार्गमा तरकारी फालेर किसानको प्रदर्शन, भारतीय तरकारीको आयात रोक्न माग
पछिल्लो समाचार →
रास्वपाको निर्णायक बैठक आज बस्दै

Leave a Comment

Your email address will not be published. Required fields are marked *