यसअघि उपाध्यक्ष रहेकी शशीकला दाहालको चार वर्षे कार्यकाल २०७८ सालमै सकिएको थियो । आइतबार मनोनयन दर्ताको दिन सत्ता साझेदार दलहरुको तर्फबाट अर्यालको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएकी हुन् ।
राष्ट्रियसभामा एमालेका १६, माओवादी केन्द्रको १५ सांसद छन् । यस्तै, नेपाली कांग्रेसका १०, नेकपा (एकीकृत समाजवादी)का ८, जनता समाजवादी पार्टीका ३, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका १—१ सांसद छन् । राष्ट्रियसभामा एक जना स्वतन्त्र र तीन जना मनोनित सांसद छन् ।
उनी माओवादी केन्द्रको स्थायी समिति सदस्य हुन् । उनले स्थानीय विकास मन्त्रीको समेत जिम्मेवारी सम्हालिसकेकी छन् । वि सं २०१३ असोज २० गते बलराम अर्याल र जगतमायाको सुपुत्रीका रुपमा उनी पर्सामा जन्मिएकी हुन् ।
तत्कालीन नेकपाको चौथो महाधिवेशनबाट वामपन्थी आन्दोलनमा लागेकी अर्याल गत वर्ष भएको राष्ट्रियसभाको निर्वाचनमा मधेश प्रदेशबाट निर्वाचित भएकी हुन् ।
समाजशास्त्रमा स्तातकोत्तर गरेकी अर्याल विद्यावारीधीको शोधार्थीसमेत हुन् । अखिल नेपाल महिला संघको केन्द्रीय अध्यक्षको समेत जिम्मेवारी सम्हालेकी अर्यालले महिला विकास अधिकृतको रुपमा पनि सेवा गरेका थिइन् । उनले सेभ द चिल्ड्रेनलगायतका संस्थामा समेत काम गरेकी छन् । अर्यालले उपाध्यक्षको रुपमा तटस्थ र निष्पक्ष भएर संविधान, कानूनले दिए अनुसारको भूमिका निर्वाह गर्ने बताएकी छन् । राष्ट्रियसभालाई प्रभावकारी र जनपक्षीय बनाउन आफ्नोतर्फबाट सक्दो प्रयास गर्ने उनको भनाई छ ।

Leave a Comment