Latest News
Kathmandu

केनको कीर्तिमानी गोलमा टोटनहम विजयी

केनको कीर्तिमानी गोलमा टोटनहम विजयी
काठमाडौं । ह्यारी केनको कीर्तिमानी गोलमा टोटनहमले आइतबार राति इङ्लिस प्रिमियर लिगमा साविक विजेता म्यानचेस्टर सिटीलाई १–० ले पराजित गरेको छ । हारसँगै सिटीले शीर्ष स्थानमा आर्सनलसँगको दुरी घटाउने मौका गुमाएको हो ।

घरेलु मैदानमा केनले १५औँ मिनेटमा गरेको गोल टोटनहमको जितमा निर्णायक बन्यो । यससँगै केन उत्तरी लन्डन क्लब टोटनहमबाट सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन् । केनले क्लबबाट २६७ गोल गरेका छन् । उनले जिम्मी ग्रीभ्सले १९७० मा बनाएको कीर्तिमान तोडेका हुन् ।

हारसँगै सिटीले शीर्ष क्लब आर्सनलसँगको दुरी घटाउने मौका गुमाएको छ । आर्सनल शनिबार राति एभर्टनसँग १–० ले पराजित भएको थियो । उपाधि होडमा रहेको सिटीलाई आर्सनलसँग अंक दुरी घटाउने यो राम्रो अवसर थियो । तर, सिटीले त्यो मौकाको सदुपयोग गर्न सकेन ।

यससँगै आर्सनल अहिले पनि पाँच अंकको अग्रता लिन सफल भएको छ । तथापी आर्सनलले अझै एक खेल कम खेलेको छ । विजयी टोटनहम ३९ अंकका साथ पाँचौँ स्थानमा छ । क्रिष्टियन रोमेरोले ८७औँ मिनेटमा दोस्रो पहेँलो कार्डको सामना गरेपछि टोटनहम दश खेलाडीमा सीमित भएको थियो । रोमेरोले २६औँ मिनेटमा पहिलो पहेँलो कार्डको सामना गरेका थिए ।

गएराति नै अर्को खेलमा नटिङ्घम फरेष्टले लिड्स युनाइटेडलाई १–० ले हरायो । नटिङ्घम फरेष्ट २४ अंकका साथ १३औँ स्थानमा छ भने लिड्स युनाइटेड १८ अंकका साथ १७औँ स्थानमा छ । जुन रेलिगेशन क्षेत्रको एभर्टनसँग अंक बराबरी हो ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
एमालेले बोलायो केन्द्रीय कमिटी बैठक
पछिल्लो समाचार →
राष्ट्रियसभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्विरोध निर्वाचित, यस्तो छ उनको राजनीतिक यात्रा

Leave a Comment

Your email address will not be published. Required fields are marked *