Latest News
Kathmandu

एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

एमालेले बोलायो केन्द्रीय कमिटी बैठक
काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएपछि पहिलोपटक केन्द्रीय कमिटीको पाँचौँ बैठक बोलाएको छ । बैठक २९ माघबाट सुरु हुने भएको हो ।

एमालेले गत ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछि पहिलो पटक केन्द्रीय कमिटीको बैठक बोलाएको हो ।

मुख्यगरी निर्वाचन समीक्षा, समसामयिक राजनीतिक स्थिति र सांगाठनिक सुदृढीकरणबारे बैठकका मुख्य अजेन्डा हुने एमालेको केन्द्रीय सदस्य एवं केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

बैठकको अजेन्डा तय गर्न २६ मा सचिवालय बैठक बोलाएको छ । बैठक तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलस्थित पार्टी कार्यालयमा बस्नेछ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
टर्कीमा शक्तिशाली भूकम्प, संकटकाल घोषणा
पछिल्लो समाचार →
केनको कीर्तिमानी गोलमा टोटनहम विजयी

Leave a Comment

Your email address will not be published. Required fields are marked *