Latest News
Kathmandu

टर्कीमा शक्तिशाली भूकम्प, संकटकाल घोषणा

टर्कीमा शक्तिशाली भूकम्प, संकटकाल घोषणा
काठमाडौं । टर्कीमा आज बिहान शक्तिशाली भूकम्प गएको छ । दक्षिण-पूर्वी टर्कीको गाजियान्टापमा बिहान ४ बजेर १७ मिनेटमा शक्तिशाली भूकम्प गएको हो ।

टर्कीमा शक्तिशाली भुकम्पपछि संकटकाल घोषणा समेत गरिएको छ । बीबीसीका अनुसार सिरियासँगको सीमानजिकै केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पको धक्का राजधानी अंकारासहित टर्कीका विभिन्न शहरहरूमा महसुस गरिएको छ ।

शक्तिशाली भूकम्पपछि पराकम्पहरू आइरहेका अधिकारीहरूले बताएका छन् । भूकम्पबाट भवनहरू भत्किँदा क्षति भएको छ ।

टर्की विश्वको सबैभन्दा सक्रिय भूकम्पीय क्षेत्रहरू मध्ये एक हो । सन् १९९९ मा देशको उत्तर-पश्चिममा शक्तिशाली भूकम्प गएपछि १७ हजार भन्दा बढी मानिसले ज्यान गुमाएका थिए ।

टर्कीका राष्ट्रपति रेतेप तथ्यय एर्दोआनालेले भूकम्प प्रभावित क्षेत्रमा उद्धार अभियान सुरु गरिएको जानकारी दिएका छन् । समाचार अनुसार भवनहरू ढल्दा त्यहाँभित्र ठूलो संख्यामा मानिसहरू फसेका छन् ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
कैलालीमा जलाइयो कान्तिपुर दैनिक
पछिल्लो समाचार →
एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

Leave a Comment

Your email address will not be published. Required fields are marked *