बिक्रीका लागि राखेको केही दिन अघिको पत्रिका जलाएका छन् । आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पुर्व उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले पत्रकार सम्मेलनमा नेपाली मिडियाका पत्रकार र प्रकाशकहरूविरुद्ध अभिव्यक्ति दिएका थिए ।
सभापति लामिछानेको अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघलगायत संस्थाहरूले विज्ञप्ति जारी गरेका छन् । नागरिकता विवादमा अदालतले दोषी ठहर गरेपछि लामिछानेको सांसद र मन्त्री पद गएको थियो । लामिछानेको पासपोर्टको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
स्वार्थ बाझिने मन्त्रालयमा रवि लामिछाने गैरसांसद भए पनि जान खोजेको भन्दै विभिन्न मिडियाले उनीविरुद्ध लेखेका थिए ।सोही विषय मिडियाले उठाएपछि लामिछानेले पत्रकार सम्मेलन मिडियाविरुद्ध अभिव्यक्ति दिएका थिए ।

Leave a Comment