Latest News
Kathmandu

प्रचण्ड-विप्लवबीच साझा मोर्चा बनाउने समझदारी

प्रचण्ड-विप्लवबीच साझा मोर्चा बनाउने समझदारी
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दााहल ‘प्रचण्ड’सँग नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द र नेता खड्गबहादुर विश्वकर्माले राजनीतिक भेटघाट गरेका छन् । आइतबार साँझ बालुवाटार पुगेर उनीहरूले प्रधानमन्त्रीलाई भेट गरेका हुन् ।

प्रधानमन्त्रीका प्रेसविज्ञ मनहरि तिमिल्सिनाका अनुसार सो क्रममा माओवादी धाराका सबै शक्तिहरू एक ठाउँमा आउनुपर्ने राष्ट्रिय आवश्यकताबारे नेताहरूबीच गहन छलफल भएको छ ।

उनीहरूबीच तत्काल समाजवादी शक्तिहरूबीच साझा मोर्चा र कार्यक्रम बनाएर सहकार्य गर्दै भविष्यमा एकताको आधार तयार पार्नेबारे समझदारी भएको छ ।

तिमिल्सनाका अनुसार माओवादी धाराहरू एक ठाउँमा उभिँदा परिवर्तनका मुद्दा प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न सजिलो हुने र अन्य वामपन्थीहरूबीच सहकार्य र एकताको वातावरण तयार हुनेमा नेताहरू एकमत भएका छन् । नेकपाका नेताहरूले अघिल्ला सरकारहरूसँग भएका सहमति कार्यान्वयनमा सरकारको धारणाबारे चासो राखेका थिए ।

प्रधानमन्त्री प्रचण्डले विगतका सरकारले गरेका सबै सहमति कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै बन्दीहरू रिहाइका लागि सरकारका तर्फबाट पहल भइरहेको बताए ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
संसद् बैठकमा रास्वपा सांसद् अनुपस्थित
पछिल्लो समाचार →
कैलालीमा जलाइयो कान्तिपुर दैनिक

Leave a Comment

Your email address will not be published. Required fields are marked *