Latest News
Kathmandu

करेन्ट लागेर एकको मृत्यु   

करेन्ट लागेर एकको मृत्यु   

विर्तामोड नगरपालिका–७ बाह्रघरेमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । हात्तीबाट जोगिन घर अगाडि लगाएको बिजुलीको करेन्ट लागेर स्थानीय ४९ वर्षीय खेम श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

शुक्रबार राति घरबाट बाहिर निस्कने क्रममा करेन्ट लागेर घाइते हुनुभएका श्रेष्ठको विर्तामोडस्थित विर्तासिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । श्रेष्ठले आफैँले जङ्गली हात्ती धपाउन घर वरिपरि विद्युतीय करेन्ट टाँग्नु भएको थियो ।
–––

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
जिल्लामै पहिलो विद्युतीय चार्जिङ स्टेसन   
पछिल्लो समाचार →
मूल्य निर्धारण तथा बजार सुनिश्चितताको माग   

Leave a Comment

Your email address will not be published. Required fields are marked *