Latest News
Kathmandu

मूल्य निर्धारण तथा बजार सुनिश्चितताको माग   

मूल्य निर्धारण तथा बजार सुनिश्चितताको माग   

अखिल नेपाल किसान महासङ्घले तत्काल स्वदेशी कृषि वस्तुको उचित मूल्य निर्धारण गरी बजारको सुनिश्चितता गर्न माग गरेको छ । महासङ्घले शुक्रबार यहाँ आयोजना गरेको पत्रकारसँगको छलफलमा महासङ्घका अध्यक्ष बलराम बास्कोटाले उत्पादनको समुचित बजार र मूल्य नपाउँदा किसान ऋणमा डुब्दै जाने र विचौलिया तथा व्यापारी मोटाउने अवस्था रहेको बताउँदै खाद्य सम्प्रभुताको कार्यान्वयनमार्फत कृषि पेसालाई मर्यादित, आय र रोजगारीमूलक बनाउन सरकार संवेदनशील हुनुपर्ने बताउनुुभयो ।

कृषिमा आधारित अर्थतन्त्र रहेको हाम्रो देशमा बहुसङ्ख्यक जनता कृषिमा संलग्न रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “कृषि उत्पादनले संरक्षण नपाउँदा एकातिर कृषि पेसाप्रतिको विकर्षण बढ्दो छ भने अर्कोतिर व्यावसायिक किसानले उत्पादित वस्तुको उचित मूल्य नपाएको अवस्था छ ।” कृषि क्षेत्रको विकासका लागि किसानलाई आवश्यक मल, बीउबिजन आदि समयमै उपलब्ध गराउनु र उत्पादित वस्तुको बजारको ग्यारेण्टी गर्नु राज्यको प्रमुख दायित्व भएको अध्यक्ष बाँस्कोटाको भनाइ थियो ।

महासङ्घका महासचिव प्रमेश पोखरेलले नेपाली किसानको आन्दोलनबाट स्थापित खाद्य सम्प्रभुताको अधिकार भनेको किसानको समृद्धि र कृषि क्षेत्रको रुपान्तरणसँग जोडिएको बताउँदै किसानले आफ्ना उपज सडकमा फ्याँकेर गरेको आन्दोलनबाट सरकार गम्भीर भएर उनीहरुलाई तत्काल बाह्य बजारबाट सुरक्षित गर्नुपर्नेमा जोड दिनुभयो ।

विभिन्न वामपन्थी किसान सङ्घ सङ्गठनको साझा संस्थाका रुपमा स्थापित उक्त महासङ्घले मल, बीउ, सिँचाइलगायत समस्याको समाधान गर्न सरकारलाई ध्यानाकर्षण गर्दै आएको छ भने किसानले उत्पादन गरेको वस्तु सडकमा फ्याँक्नुपर्ने अवस्थाप्रति दुःख व्यक्त गरेको छ । महासङ्घद्वारा ‘स्वदेशी कृषि उत्पादनको प्रवद्र्धन गर कृषि क्षेत्रलाई खुला बजारबाट सुरक्षित गर’ भन्ने नाराका साथ देशभर विभिन्न अभियान सञ्चालन गरेको जनाइएको छ ।
–––

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
करेन्ट लागेर एकको मृत्यु   
पछिल्लो समाचार →
भ्रष्टाचारविरुद्ध सरकारको शून्य सहनशीलताको नीति : प्रधानमन्त्री दाहाल   

Leave a Comment

Your email address will not be published. Required fields are marked *