Latest News
Kathmandu

  २५ वर्षपछि प्रहरीचौकी पुनःस्थापना 

  २५ वर्षपछि प्रहरीचौकी पुनःस्थापना 

कालीकोटमा फुकोट प्रहरी चौकी २५ वर्षपछि पुनःस्थापना गरिएको छ । द्वन्द्वकालमा सुरक्षाका कारणले विस्थापित भएको प्रहरी चौकी २५ वर्षपछि शुक्रबार पुनःस्थापना भएको हो ।

रास्कोट नगरपालिका–९ फुकोटमा (साविकको फुकोट गाविस) रहेको फुकोट प्रहरीचौकी विसं १९८१ मा तत्कालीन राणाकालीन समयमा स्थापित भएको थियो । विसं २०५४ मा विस्थापित भएको प्रहरीचौकी पुनःस्थापना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख जयश्वर रिमालले जानकारी दिनुभयो ।

“तत्कालीन सुरक्षाका कारणले प्रहरीचौकी नजिकैको इलाका प्रहरी कार्यालय रास्कोटमा सारिएको थियो”, उहाँले भन्नुभयो, “स्थायी प्रहरीचौकी भएका कारणले पुनःस्थापना गरिएको छ ।” प्रहरीचौकीमा एक प्रहरी सहायक निरीक्षकसहित १० प्रहरीको दरबन्दी रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख रिमालले बताउनुभयो ।

स्थानीयको माग र सुरक्षा संवेदनशीलताका आधारमा चौकी पुनःस्थापना गरिएको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले बताउनुभयो । प्रहरीलाई शान्ति सुरक्षा कायम गर्ने कार्यमा सहयोग गर्न र लामो इतिहास बोकेको प्रहरी चौकी पुनःस्थापनाले स्थानीय उत्साहित भएको रास्कोटका नगर प्रमुख धर्मराज शाहीले बताउनुभयो ।
–––

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
भ्रष्टाचारविरुद्ध सरकारको शून्य सहनशीलताको नीति : प्रधानमन्त्री दाहाल   
पछिल्लो समाचार →
  अफगानिस्तानमा ८०० युवा राष्ट्रिय सेनामा भर्ती   

Leave a Comment

Your email address will not be published. Required fields are marked *