Latest News
Kathmandu

  अफगानिस्तानमा ८०० युवा राष्ट्रिय सेनामा भर्ती   

  अफगानिस्तानमा ८०० युवा राष्ट्रिय सेनामा भर्ती   

अफनिस्तानमा ८०० भन्दा बढी युवाहरू अफगान राष्ट्रिय सेनामा भर्ना भएका छन् । राजधानी काबुल र पश्चिमी हेरात प्रान्तमा तीन महिनाको सैन्य तालिम पाठ्यक्रम पूरा गरी प्रमाणपत्र प्राप्त गरेका ८०० भन्दा बढी अफगान युवाहरू राष्ट्रिय सेनामा भर्ना भएका हुन् ।

पश्चिमी हेरात प्रान्तको अल-फारुक आर्मी कोर्प्सबाट तीन महिनाको सैन्य प्रशिक्षण पूरा गरेपछि कुल ४८० मुजाहिदीन (पवित्र योद्धा) र काबुल मिलिटरी ट्रेनिङ सेन्टरबाट ३२२ जनालाई केही दिनअघि राष्ट्रिय सेनामा भर्ती गरिएको विज्ञप्तिमा उल्लेख गरिएकको छ।

अफगानिस्तानले आफ्नो सिमानाको रक्षा गर्न एक लाख ५० हजार सशक्त राष्ट्रिय सेना निर्माण गर्ने योजना बनाएको रक्षा मन्त्रालयका प्रवक्ता इनायतुल्लाह खवराज्मीले बताएका छन् ।
——–

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
  २५ वर्षपछि प्रहरीचौकी पुनःस्थापना 
पछिल्लो समाचार →
मेरठमा विवाहको बग्गीलाई ट्रकले ठक्कर दिँदा घोडासहित ३ जनाको मृत्यु   

Leave a Comment

Your email address will not be published. Required fields are marked *