Latest News
Kathmandu

मेरठमा विवाहको बग्गीलाई ट्रकले ठक्कर दिँदा घोडासहित ३ जनाको मृत्यु   

मेरठमा विवाहको बग्गीलाई ट्रकले ठक्कर दिँदा घोडासहित ३ जनाको मृत्यु   

शनिबार बिहान भारतको मेरठको खरदोनी गाउँ नजिकै ट्रक र घोडबग्गी बीचको जुँध्दा तीन जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा बग्गीमा सवार तीनजना सँगै घोडाको पनि मृत्यु भएको छ ।
ट्रक चालकको लापरवाहीका कारण दुर्घटना भएको बताइएको छ । दुर्घटनामा मृत्यु हुनेहरू किला परीक्षितगढमा बिहेमा सहभागी हुन गएका थिए । घर फर्कने क्रममा इन्चोली प्रहरी चौकी इलाका अन्तर्गतको खरदोनी गाउँ नजिक परालले भरिएको ट्रकसँग उक्त बग्गी ठोक्किएको थियो ।
सूचना पाएलगत्तै गाउँपालिकाका प्रहरी उपरीक्षक अनिरुद्ध कुमार र इलाका प्रहरी अधिकृत आशिष शर्मा घटनास्थल पुगेका थिए ।
——-

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
  अफगानिस्तानमा ८०० युवा राष्ट्रिय सेनामा भर्ती   
पछिल्लो समाचार →
पूर्वमाओवादीका नेतालाई एकतामा आउन प्रचण्डको अपील

Leave a Comment

Your email address will not be published. Required fields are marked *