Latest News
Kathmandu

अमेरिकी उपसहायक विदेशमन्त्री अख्तर नेपालमा

अमेरिकी उपसहायक विदेशमन्त्री अख्तर नेपालमा

संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसियाली मामिला ब्यूरो हेर्ने उपसहायक विदेशमन्त्री अफ्रिन अख्तर सोमबार नेपाल भ्रमणमा आएकी छन् ।

भ्रमणका क्रममा उनले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) तथा ऊर्जा नेपालका साझेदारसँग छलफल गर्ने यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ । उनले नेपाली सेना र सरकारी अधिकारीसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताईएको छ ।

यस्तै, उपसहायक विदेशमन्त्री अख्तरले जलवायु परिवर्तन, स्वच्छ ऊर्जा, मानवीय सहायता तथा विपद् प्रतिकार्यका विषयमा र लोकतन्त्र, मानवाधिकार तथा पारस्परिक आर्थिक समृद्धिलाई अगाडि बढाउने सम्बन्धमा पनि छलफल गर्ने कार्यक्रम छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
देश र जनताको बाँकी सपना आम जनता पार्टीले पूरा गर्नेछ : प्रभु साह
पछिल्लो समाचार →
ग्यास सिलिन्डर विस्फोट हुँदा कांग्रेस नेता भण्डारी घाइते   

Leave a Comment

Your email address will not be published. Required fields are marked *