Latest News
Kathmandu

देश र जनताको बाँकी सपना आम जनता पार्टीले पूरा गर्नेछ : प्रभु साह

देश र जनताको बाँकी सपना आम जनता पार्टीले पूरा गर्नेछ : प्रभु साह

वीरगन्ज । आम जनता पार्टीका अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले देश र जनताको बाँकी सपना आम जनता पार्टीले पूरा गर्ने बताएका छन् । सोमवार वीरगन्जमा आयोजित आम जनता पार्टीको पर्सा जिल्ला भेलालाई सम्बोधन गर्दै अध्यक्ष साहले वर्तमान राजनीतिक दलहरु जनताको एजेन्डाभन्दा पनि सत्ता भागबन्डामा केन्द्रित रहेको बताए ।

जनयुद्ध दिवसको अवसर पारेर आयोजित भेलामा अध्यक्ष साहले जनयुद्धको ऐतिहासिक कार्यभार आफ्नो पार्टीले बोकेको र जनयुद्धका बाँकी एजेन्डा पूरा गर्न आफु अग्रसर रहने जीकिर गरे । देशका तमाम आन्दोलन परिवर्तन र बदलावका निम्ति भएको तर मुठीभर नेताले आफ्नो लागि भएजस्तो स्थापित गरेको बताउदै अध्यक्ष साहले विकृत र भ्रष्टिकृत दलतन्त्रबाट देशलाई छुटकारा दिलाएर आम जनता पार्टीको नेतृत्वमा देश र जनताको बाँकी सपना पूरा हुने दाबी गरे ।

 

‘सर्वप्रथम तमाम शहिदहरुप्रति श्रद्धासुमन व्यक्त गर्दै महान जनयुद्ध दिवसको हार्दिक शुभकामना व्यक्त गरन चाहन्छु । देशमा जति पनि आन्दोलन भएका छन्, चाहे जनयुद्ध, चाहे जन आन्दोलन चाहे मधेश आन्दोलन, ती सबै परिवर्तन र समृद्धिका लागि भएका छन् । आन्दोलन सफल भएको छ तर कागजमा मात्र । तिनै शासक रुप बदलेर लुट मचाएका छन् । आन्दोलनका नेताहरु लक्ष्यविमुख भएका छन् र आन्दोलन मुठीभर वर्ग र नेताको लागि भएको जस्तो देख्न सकिन्छ,’, उनले भने- ‘आज राजनीतिक दल शासक र जनता शासितको रुपमा स्थापित भएका छन् । देश दलाल भगौडाको हातमा गएको र गरिब मजदुर किसान निरिह बनेको स्थिति छ । यसलाई बदल्नका लागि आम जनता जाग्नैपर्छ । देश र जनताको बाँकि सपना आम जनता पार्टीले पूरा गर्नेछ ।’

भेलामा आजपाका केन्द्रिय सदस्य एवम् मधेश प्रदेश ईन्चार्ज उपेन्द्र साह, केन्द्रिय सदस्यहरु कुन्दन कुश्वाहा, सुधीर यादव, राजन यादव, धर्मेन्द्र पटेल, बाबुराम कौशिक, मधेश प्रदेश अध्यक्ष श्रीचन मुखिया, प्रदेश सचिव बबिता यादव, प्रचार प्रसार विभाग उपप्रमुख निवेश यादवलगायतका नेताहरु सहभागी थिए ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
आन्दोलनरत यातायात मजदुरलाई वार्तामा आउन आह्वान
पछिल्लो समाचार →
अमेरिकी उपसहायक विदेशमन्त्री अख्तर नेपालमा

Leave a Comment

Your email address will not be published. Required fields are marked *