Latest News
Kathmandu

जीप दुर्घटना दुईको मृत्यु, छ घाइते  

जीप दुर्घटना दुईको मृत्यु, छ घाइते  

डोटीकोे केआईसिंह गाउँपालिका–१ लोलीमा गएराति जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा केआइसिंह गाउँपालिका–१ डुम्राकोटका ३६ वर्षीय जीप चालक गोविन्द शाही र सोही गाउँपालिकाको वडा नम्बर २ जारीमभाडीका ४१ वर्षीय धनबहादुर तिरूवाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीका अनुसार दुर्घटनामा थप छ जना घाइते भएका छन् ।

घाइते हुनेमा केआइसिंह गाउँपालिका–१ डुम्राकोटका २७ वर्षीय तेज तिरूवा, सोही ठाउँकी २६ वर्षीया राधा तिरुवा गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

त्यस्तै डुम्राकोटकै ४ वर्षीय बालक समीर तिरुवा, २३ वर्षीया लक्ष्मी तिरुवा, १९ वर्षीय मीन लुहार र वडा नम्बर २ जारिमभाडीका २४ वर्षीय सुरज तिरुवा सामान्य घाइते भएको जनाइएको छ । सामान्य घाइतेलाई उद्धारपछि घर पठाइएको छ भने गम्भीर घाइतेको राजपुरस्थित सुजङ अस्पतालमा उपचार भइरहेको छ । सुपप्र ०१२३००१ च ३३२९ नम्बरको जीप दुर्घटना भएको हो । जीपमा सवार यात्रु शुक्रबार मात्रै भारतबाट आएका थिए । गाडी रिजर्व गरेर दिपायलबाट केआइसिंह जाँदै गर्दा जीप दुर्घटना भएको हो । —

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
डोलेश्वरमा दर्शनार्थीको घुइँचो   
पछिल्लो समाचार →
महाशिवरात्रिको अवसरमा झापा कारागारमा शिवालय उद्घाटन   

Leave a Comment

Your email address will not be published. Required fields are marked *