Latest News
Kathmandu

महाशिवरात्रिको अवसरमा झापा कारागारमा शिवालय उद्घाटन   

महाशिवरात्रिको अवसरमा झापा कारागारमा शिवालय उद्घाटन   

झापा कारागारमा रहेको नवनिर्मित शिवालय मन्दिरको आज उद्घाटन गरिएको छ ।

महाशिवरात्रिका अवसरमा प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल र प्रहरी प्रमुख प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले संयुक्तरूपमा उक्त मन्दिरको उद्घाटन गर्नुभएको हो । समाजसेवी स्व पर्शुराम अग्रवालको परिवारले रू पाँच लाख ५० हजारको लागतमा कारागार परिसरमा शिवालय मन्दिर निर्माण गरिदिएको छ ।

निर्माण थालनी गर्ने पर्शुराम अग्रवालको निधन भएपछि परिवारका तर्फबाट मन्दिर निर्माण गरिएको कान्छा भाइ गोपाल अग्रवालले बताउनुभयो । मन्दिर उद्घाटन कार्यक्रममा झापा कारागार प्रशासनले स्व अग्रवालकी धर्मपत्नी मञ्जुदेवीसहित मन्दिर निर्माणकर्ता परिवारलाई सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मानसमेत गरेको छ ।
–––

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
जीप दुर्घटना दुईको मृत्यु, छ घाइते  
पछिल्लो समाचार →
नेपाल-भारत ऊर्जा सचिवस्तरीय बैठक: नेपालले टनकपुरबाट विद्युत् भारत निर्यात गर्न पाउने

Leave a Comment

Your email address will not be published. Required fields are marked *