Latest News
Kathmandu

व्यावसायीहरुको चर्को व्याज्दरविरुद्ध आन्दोलन

व्यावसायीहरुको  चर्को व्याज्दरविरुद्ध आन्दोलन

बैंक तथा वित्तीय संस्थाले चर्को व्याजदर लिएको भन्दै व्यवसायी आन्दोलित भएका छन् । कैलाली उद्योग वाणिज्य संघको अगुवाइमा उनीहरूले चर्को व्याजदरविरुद्ध प्रदर्शन गरेका हुन् । आन्दोलनको क्रममा तत्काल व्याजदर घटाउन माग गरिएको छ ।

धनगढी चौराहादेखि पार्क मोडसम्म निकालिएको विरोध र्‍यालीमा सरकार र नेपाल राष्ट्र बैंकविरुद्ध व्यवसायीले नाराबाजी गरेका थिए ।

एक अंकको व्याजदर कायम हुनुपर्ने, बैंकहरूको आन्तरिक खर्च कटौती गरी स्प्रेड दर ३ प्रतिशत कायम गर्नुपर्ने, सेवा शुल्क, कर्जा स्वीकृत शुल्क, एलसी गत वर्षकै आधारमा लिनुपर्ने, व्याज बुझाउने म्याद ३५ दिनसम्म राख्नुपर्ने जस्ता माग पनि उनीहरूले गरेका छन् ।

प्रदर्शनमा होटेल व्यवसायी संघ, मदिरा व्यवसायी संघ, इलेक्ट्रोनिक्स डिलर्स एसोसिएसन, नेपाल सुनचाँदी व्यवसायी महासंघलगायतका संघसंस्थाले ऐक्यबद्धता जनाएका छन् ।

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
सन्दीप लामिछाने ९ रनमा आउट
पछिल्लो समाचार →
सार्वजनिक भयो केपी ओलि कपको ट्रफी

Leave a Comment

Your email address will not be published. Required fields are marked *