Latest News
Kathmandu

सार्वजनिक भयो केपी ओलि कपको ट्रफी

सार्वजनिक भयो केपी ओलि  कपको  ट्रफी

राष्ट्रिय युवा संघले आयोजना गर्ने ‘केपी ओली कप’को ट्रफी मंगलबार सार्वजनिक गरिएको छ । ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा प्रतियोगिताको ट्रफी युवा संघका इन्चार्ज महेश बस्नेत र एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङले संयुक्त रूपमा सार्वजनिक गरेका हुन् ।

फागुन ११ गतेबाट हुने प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टिम नेपाल पुलिस क्लब र सातदोबाटो युथ क्लबबीच हुने भएको छ । उद्घाटन खेल एन्फा मुख्यालयकै मैदानमा हुनेछ । यसअघि उद्घाटन खेल च्यासल मैदानमा हुने भनिएको थियो ।

ट्रफीसँगै आज प्रतियोगिताको आधिकारिक गीत पनि सार्वजनिक गरिएको छ । फागुन १७ गतेसम्म हुने प्रतियोगितामा आठ टोलीले प्रतिस्पर्धा गर्नेछन् । सहिद स्मारक ’ए’ डिभिजनको विजेता मछिन्द्र, त्रिभुवन आर्मी, नेपाल पुलिस, न्युरोड टिम (एनआरटी), चर्च ब्वाइज युनाईटेड, सातदोबाटो युथ र जावलाखेल युथ क्लब छन् । अर्को एक आयोजक टोली केपी ओली फुटबल क्लब छ ।

नकआउट प्रणालीमा खेलाइने प्रतियोगिताको अन्य खेलमा लिगविजेता मछिन्द्रले चर्च ब्वाइज युनाइटेड, त्रिभुवन आर्मीले एनआरटी र जावलाखेल युथले केपी ओली एफसीसँग प्रतिस्पर्धा गर्नेछ । विजेता टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन् । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले एक लाख रुपैयाँ नगद पुरस्कार जित्नेछन् । विधागत रूपमा उत्कृष्ट गोलकिपर र फरवार्डले समान ५० हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन् । प्रत्येक खेलको विजेता टिमले २५ हजार रुपैयाँ नगद पुरस्कार जित्नेछ ।

साथै प्रत्येक खेलका ’प्लेयर अफ दी म्याच’ले १५ हजार रुपैयाँ पुरस्कार जित्नेछ । उदीयमान खेलाडीले ५० हजार रुपैयाँ नगद पुरस्कार जित्नेछ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
व्यावसायीहरुको चर्को व्याज्दरविरुद्ध आन्दोलन
पछिल्लो समाचार →
डा. सन्दुक रुइतलाई बहराइनका राजाबाट १४ करोड रुपैयाँबराबरको प्रतिष्ठित ‘इशा अवार्ड’ प्रदान

Leave a Comment

Your email address will not be published. Required fields are marked *