Latest News
Kathmandu

बीबीसीको दिल्ली र मुम्बई कार्यलयमा छापा

बीबीसीको दिल्ली र मुम्बई कार्यलयमा छापा

मिडिया संस्था बीबीसीको दिल्ली र मुम्बई कार्यालयमा आयकर विभागले छापा मारेको छ । समाचार अनुसार छापामारीमा ६० देखि ७० जना आयकर विभागको टोली संलग्न रहेको छ ।

आजतकले स्रोतलाई उद्धृत गर्दै सबै कर्मचारीको फोन जफत गरेर उनीहरुलाई कार्यालय छोडेर घर जान भनिएको जानकारी दिएको हो । लण्डनस्थित बीबीसीको कार्यालयमा छापामारीको कारवाहीको जानकारी दिइएको पनि बताइएको छ ।

यता आयकर विभागको स्रोतले यो आयकर विभागको समूहको सर्वेक्षण भएको बताएको छ । यद्यपि, हालसम्म आयकर विभागको तर्फबाट यसबारे कुनै आधिकारिक जानकारी दिइएको छैन ।

कांग्रेसले भने ट्वीट गर्दै यसलाई अघोषित आपतकाल जनाएको छ । टिएमसी सांसद महुआ मित्राले भनिन्, ‘यो अचम्मित गर्ने खालको’

बीबीसीको अफिसमा आइटीको छापाको खबरलाई टिएमसी सांसद महुआ मोइत्राले अचम्मित गर्ने खालको बताएको छ । मोइत्राले ट्वीट गरिन्- बीबीसीको दिल्ली कार्यालयमा आयकरको छापामारी ! कस्तो अपत्यारिलो ।’

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
फुटबलर अत्सु टर्कीको भग्नावशेषमा मृत भेटिए
पछिल्लो समाचार →
स्वास्थ्यमन्त्री लिम्बू रोष्टममै रोएपछि संसदमा सन्नाटा

Leave a Comment

Your email address will not be published. Required fields are marked *