Latest News
Kathmandu

स्वास्थ्यमन्त्री लिम्बू रोष्टममै रोएपछि संसदमा सन्नाटा

स्वास्थ्यमन्त्री लिम्बू रोष्टममै रोएपछि संसदमा सन्नाटा

प्रदेशको नाम राख्दा पहिचान मेटिएको भन्दै प्रदेश १ सरकारकी स्वास्थ्यमन्त्री निर्मला लिम्बू प्रदेशसभा बैठकमै रोएकी छन् । जनता समाजवादी पार्टी प्रदेश १ संसदीय दलका नेता समेत रहेका लिम्बु नामबारे आफ्नो प्रस्ताव अस्वीकृत भएपछि प्रदेश सभा बैठकमै रोएकी हुन् ।

बैठकमा नेकपा एमालेले प्रस्ताव गरेको कोशी प्रदेशबारेको छलफलमा भाग लिँदै उनले जनआन्दोलन र जनयुद्धको पृष्ठभूमिमा आफूलाई दिएको मत खेर गएको बताउँदै रोईन् ।

‘पहिचानसहितको नाम राख्ने छलफलमा दलीय हैसियतमा बोलाइएन। एक्कासि आज बोल्न त दिइयो, त्यो पनि अपमानपूर्ण । ऐतिहासिक जनयुद्ध, ०६२-०६३ को जनआन्दोलन र पहिचानका अन्य आन्दोलनमा ज्यान समर्पण गरेका सहिदहरुलाई नमन गर्छु’, उनले भनिन् ।

लिम्बूले बहुमतका आधारमा आफूलाई सती लगिएको पनि गुनासो गरिन् । ‘किरात–लिम्बुवान–सगरमाथा’ प्रदेश कायम गरिनुपर्ने एकीकृत समाजवादीका सांसद तथा पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राईको प्रस्ताव र लिम्बूले गरेको समर्थन प्रदेश सभामा अस्वीकृत भएको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
बीबीसीको दिल्ली र मुम्बई कार्यलयमा छापा
पछिल्लो समाचार →
प्रदेश-१ को नामाकरण कोशी राखिएकोमा विरोध

Leave a Comment

Your email address will not be published. Required fields are marked *