Latest News
Kathmandu

कोशी प्रदेश नामकरणको विरोधमा हडताल

कोशी प्रदेश नामकरणको विरोधमा हडताल

धरान: प्रदेश नं १ को नाम कोशी राखिएको विरोधमा प्रदेशभर आज आमहडताल गरिएको छ । पहिचान पक्षधर संघसंगठन, राजनीतिक दलहरुको आह्वानमा आज हडताल गरिएको हो ।

 

हडतालले सार्वजनिक सवारीका साधनहरु चलेका छैनन् भने शैक्षिक संघसंस्था, बजार, पसलहरु पनि ठप्प देखिएको छ । फागुन १७ गते प्रदेश नं १ को प्रदेशसभाबाट बहुमतले प्रदेशको नाम कोशी पारित भएको थियो ।

एमाले, कांग्रेस, नेकपा माओवादी केन्द्रलेसमेत कोशी प्रदेशको पक्षमा मतदान गरेपछि दुईतिहाई बढी मतले पारित भएको थियो । कोशी नामप्रति जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी विपक्षमा रहेको थियो ।

कोशी प्रदेश स्वीकार्य नभएको भन्दै किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ, जसपा, राष्ट्रिय जनमुक्ति पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलगायतको आह्वानमा हडताल भएको हो । हडतालको प्रभाव धरानमा पनि परेको छ । लामो तथा छोटो दुरीको सवारीसाधनहरु चलेका छैनन् भने टेम्पो, मोटरसाइकल, सिटी सफारीलगायत भित्री बाटोबाट मात्र चलेको छ । बन्दकर्ताहरु भानुचोक प्रवेश गर्ने चारैतिरको सडकमा उभिएर प्रवेश गर्न दिएका छैनन् ।

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
नेपाल ८ बर्षपछि यू-१९ क्रिकेट विश्वकपमा
पछिल्लो समाचार →
प्रसस्त पानी पिउनुका फाइदा

Leave a Comment

Your email address will not be published. Required fields are marked *