Latest News
Kathmandu

सेयर बजारमा सामान्य अंकको बढोत्तरी

सेयर बजारमा सामान्य अंकको बढोत्तरी

काठमाडौँ साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार आएको छ । सोमबार बजार ३.२७ अंकले बढेर २०७३ को विन्दुमा कायम हुन पुगेको छ ।

आज नेप्सेमा कारोबार भएको ३०३ कम्पनीको ७४ लाख ५९ हजार ४२४ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८८ करोड ५६ लाख ३७ हजारको कारोबार भएको छ । बजारमा सुधार आउँदा नौ वटा उपसूचकमा हरियाली छाएको छ ।

सर्वाधिक कारोबार गर्ने कम्पनीहरु

आज सबैभन्दा बढी गुर्खाज फाइनान्सको सेयर कारोबार भएको छ । आज कम्पनीको २३ करोड १४ लाख ५८ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको शिभम् सिमेन्टको २० करोड ३० लाख २० हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै आज नै सोनापुर मिनरल्सको १३ करोड ४६ लाख ६२ हजार रुपैयाँ, अपर तामाकोशी हाइड्रोपावरको ११ करोड ६४ लाख १५ हजार रुपैयाँ र घोराही सिमेन्ट इन्डस्ट्रीको ७ करोड ४३ लाख ५५ हजार रुपैयाँको कारोबार भएको हो ।

सेयर सर्किट लागेका कम्पनीहरु
आज सप्तकोशी डेभलपमेन्ट बैंक, गुर्खाज फाइनान्स, पिपुल्स पावर लिमिटेड, धौलागिरी लघुवित्त र पिपुल्स हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लाएको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
झ्यामोलोङ्गमा हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने
पछिल्लो समाचार →
पक्राउ परेका महराले सुन तस्करलाई गाडी खोजिदिएको तथ्य सार्वजानिक

Leave a Comment

Your email address will not be published. Required fields are marked *