Latest News
Kathmandu

केपी ओलीको टेबुलमा पुग्यो सांसद अपहरण गर्नेमाथि कारवाहीको एजेन्डा

केपी ओलीको टेबुलमा पुग्यो सांसद अपहरण गर्नेमाथि कारवाहीको एजेन्डा

काठमाडौं : समाजवादी पार्टी नेपालका सांसद एवं पूर्व स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवलाई अपहरणको शैलीमा काठमाडौं ल्याउनेहरू सांसद महेश बस्नेत, पूर्व आईजीपी सर्वेन्द्र खनाल लगायतलाई कारबाही गर्ने एजेन्डा प्रधानमन्त्री केपी शर्मा ओलीको टेबुलमा पुगेको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रवार अपराह्न बालुवाटारमा ओलीलाई भेटेर अपहरण काण्डको निष्पक्ष अनुसन्धान गर्न र दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रवारै जारी गरेको प्रेस नोटमा देउवाको भनाइ उद्धृत गर्दै भनिएको छ, ‘एक सांसदलाई अपहरण शैलीमा काठमाडौं ल्याउन जो संलग्न छन्, तिनलाई कारवाही गर्नुपर्ने माग देशभरि उठेको छ । मेरो माग यही छ । देशमा कानूनी राज्य छ भने निष्पक्ष अनुसन्धान र कारवाही हुनुपर्छ ।’

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
उत्तरी क्षेत्रबाट हुने उद्धार उडानमार्फत सुन तस्करीको आशंका
पछिल्लो समाचार →
भारतीय चुनावी मतसर्वेक्षणको नतिजा गलत छ : शशि थरुर

Leave a Comment

Your email address will not be published. Required fields are marked *