Latest News
Kathmandu

उपनिर्वाचन उम्मेदवारमा देउवा–गगनले मुख खोलेनन्, ज्ञानेन्द्र कार्कीले लिए खड्काको नाम

उपनिर्वाचन उम्मेदवारमा देउवा–गगनले मुख खोलेनन्, ज्ञानेन्द्र कार्कीले लिए खड्काको नाम

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबारेका पदाधिकारी बैठकमा इलाम–२ र बझाङ प्रदेशभा १ को उपनिर्वाचनको उम्मेदवारबारे नेताह?को धारणा मागे । तर धेरै नेताह?ले उम्मेदवारबारे मुख खोलेनन् ।

हालै इलामको वस्तुस्थिति बुझेर फर्केका महामन्त्री विश्वप्रकाश शर्माले उम्मेदवारका आकांक्षीमध्ये जसले टिकट पाए पनि एकले अर्कालाई सहयोग गर्ने वातावरण बनाउनुपर्ने बताए ।
‘उहाँको यही उम्मेदवार हुनुपर्छ भन्ने थिएन । आकांक्षी उम्मेदवारलाई मिलाउनुपर्छ भन्ने थियो’, बैठकमा सहभागी एक नेताले अनलाइनखबरसँग भने, ‘जसले पाए पनि एकले अर्कोलाई सहयोग गर्ने वातावरण बनाउनुपर्ने उहाँको भनाइ थियो ।’

बैठकमा सुदूरपश्चिमका सभापति वीरबहादुर बलायरले बझाङको अवस्थाबारे जानकारी गराएका थिए । उनले पनि उम्मेदवारबारे मुख खोलेनन् । महामन्त्री गगन थापा र नेता शेखर कोइरालाले बैठकमा बोल्दै बोलेनन् ।
प्रतिनिधिसभाको उपनिर्वाचन हुने इलाम–२ मा नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले उम्मेदवार चयन गरेर प्रचार प्रसार गर्न थालिसकेका छन् ।

उपनिर्वाचनको उम्मेदवार चयनका लागि मंगलबार दिउँसो २ बजे कांग्रेसले संसदीय बोर्डको बैठक बोलाएको छ । त्यसअघि देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको धारणा बुझ्न बैठक बोलाएका हुन् ।

बैठकमा सहभागी एक नेताका अनुसार नेता ज्ञानेन्द्रबहादुर कार्कीले भने इलाममा डम्बर खड्का र बझाङमा अभिषेक सिंह उपयुक्त हुने धारणा राखे ।

‘यो–यो कारणले डम्बर ठीक र यो–यो कारणले अभिषेक ठीक भनेर विचार राख्नुभयो । उहाँको बोली सभापतिको इच्छा अनुसारको देखियो’, बैठकमा सहभागी एक नेताले भने ।

इलाम उपनिर्वाचनमा भेषराज आचार्य, डम्बरबहादुर खड्का, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बु र शान्तिकला राई तामाङको नाम सिफारिस भएको छ ।

त्यस्तै बझाङ प्रदेशसभा १ मा अभिषेक सिंहसँगै सत्यराज भण्डारी, विष्णुकुमार सिंह, जगतप्रसाद जोशी, नन्दकृष्ण जोशी, लोकेन्द्रबहादुर रोकाया, शान्तिकुमारी बोहरा, अर्जुन स्याडाँ, ध्?वराज उपाध्याय र नारायण हमालको नाम सिफारिस भएको छ ।

कार्कीले नाम लिएका नेता खड्का ४ मंसिर २०७९ को आम निर्वाचनमा इलाम–२ बाट उम्मेदवार थिए । त्यस्तै अभिषेक सिंह ४ मंसिर २०७९ को प्रदेशसभा निर्वाचनमा विजयी भएका र पछि दुघर्टनामा निधन भएका नेता पृथ्वी सिंहका छोरा हुन् ।

बैठकमा नेता अर्जुननरसिंह केसीले तल्लो संरचनाको चाहना सुन्नुपर्ने बताएका थिए । ‘अहिले चुनौतीपूर्ण अवस्था छ । लोकप्रियलाई उम्मेदवार बनाऔं’, बैठकमा केसीले भने । उनले आकांक्षीह?सँगै छलफल गरेर सहमति खोज्नुपर्ने धारणा पनि राखेका बैठकमा सहभागी एक नेताले बताए ।

कांग्रेसका उम्मेदवार चयन गर्ने संसदीय बोर्डले पूर्णता भने पाइसकेको छैन । गत चुनावमा १४ पदाधिकारी र नेता रामचन्द्र पौडेल सम्मिलित संसदीय बोर्डले टिकट वितरण गरेको थियो । मंगलबार संसदीय बोर्डले उम्मेदवार चयनको निर्णय गरेपछि त्यसलाई अनुमोदन गराउन मंगलबार नै ३ बजे कार्यसम्पादन समितिको बैठक बोलाइएको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
आयरल्यान्ड ‘ए’ विरुद्ध आरिफ शेखको अर्धशतक
पछिल्लो समाचार →
गरिमा विकास बैंकद्वारा विभिन्न कार्यक्रमहरुसहित ‘ग्लोबल मनी वीक २०२४’ सम्पन्न

Leave a Comment

Your email address will not be published. Required fields are marked *