Latest News
Kathmandu

गरिमा विकास बैंकद्वारा विभिन्न कार्यक्रमहरुसहित ‘ग्लोबल मनी वीक २०२४’ सम्पन्न

गरिमा विकास बैंकद्वारा विभिन्न कार्यक्रमहरुसहित ‘ग्लोबल मनी वीक २०२४’ सम्पन्न

बैंकिङ खबररगरिमा विकास बैंक लिमिटेडले विभिन्न कार्यक्रमहरु गरी ‘ग्लोबल मनी वीक २०२४’ को १२ औं शृङ्खला भव्यरुपमा मनाएको छ । बालबालिका र युवाहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै ज्ञान, सीप र मनोवृत्तिको विकास गर्ने उद्देश्यका साथ सन् २०१२ देखि विश्वभर ग्लोबल मनी वीक मनाउने गरिएको छ ।
बैंक लिमिटेडले देशका ७ वटा प्रदेशमा रहेका विभिन्न स्कुल, कलेज, शैक्षिक संघ–संस्थाहरुसंगको समन्वयमा विभिन्न तहका विद्यार्थीहरुलाई लक्षित गर्दै वित्तीय साक्षरता, वित्तीय अन्तरक्रिया, शैक्षिक सामग्री वितरण, वित्तीय चेतना प्रभातफेरी लगायतका १८ वटा कार्यक्रमहरु सम्पन्न गरेको छ ।

विकास बैंकले काठमाडौं उपत्यकको हात्तीगौंडा, नयाँ बानेश्वरसँगै झापाको बुधबारे, सर्लाहीको लालबन्दी, तनहुँको दमौली, गोरखाको गोरखा बजार, नवलपरासीको सुनवल, स्याङ्जाको चापाकोट, कञ्चनपुरको महेन्द्रनगरमा वित्तीय साक्षरता, मोरङ्गको विराटचोक, धनुषाको जनकपुर, मकवानपुरको हेटौडा, कैलालीको धनगढी र लम्कीमा विद्यार्थीहरुलाई शाखा कार्यलयको अवलोकन भ्रमण गराउनुका साथै बाराको सिमरा, सुर्खेतको विरेन्द्रनगर, काभ्रेपलाञ्चोकको बनेपा र कपिलवस्तूको चन्द्रौटामा विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण कार्य सम्पन्न गरेको छ ।
ल्लेखित कार्यक्रमहरुबाट देशभरका १३ सयभन्दा बढी विद्यार्थी प्रत्यक्षरुपमा लाभान्वित भएका छन । यस विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत समय–समयमा विभिन्न सामाजिक उत्तरदायित्वमुखी कार्यक्रमहरु गर्दै आइरहेको छ ।
काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाण्डौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटीएम मार्फत ग्राहकहरुलार्ई वित्तीय सेवा प्रदान गर्दै आईरहेको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
उपनिर्वाचन उम्मेदवारमा देउवा–गगनले मुख खोलेनन्, ज्ञानेन्द्र कार्कीले लिए खड्काको नाम
पछिल्लो समाचार →
गांजा खेतीकाे लागि वर्षमा ६ खरब सरकारलाइ दिन्छु ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *