Latest News
Kathmandu

काठमाडौं बन्यो विश्वकै सबैभन्दा प्रदूषित सहर

काठमाडौं बन्यो विश्वकै सबैभन्दा प्रदूषित सहर

काठमाडौं । काठमाडौँ विश्वकै सबै भन्दा बढी वायु प्रदूषण भएको शहर बनेको छ । वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने आईक्यू एयरकाअनुसार अहिले काठमाडौँ विश्वको सबैभन्दा बढी वायू प्रदूषण भएको शहर रहेको छ । अहिले काठमाडौँको एयर क्वालिटी इन्डेक्स २४५ रहेको छ ।

त्यसैगरी दोस्रो स्थानमा भारतको नयाँ दिल्ली रहेको छ । नयाँ दिल्लीको एयर क्वालिटी इन्डेक्स २१४ रहेको छ ।

अहिले काठमाडौँ र नयाँ दिल्लीको एयर क्वालिटीको अवस्था अति अस्वस्थको अवस्थामा रहेको छ । त्यस्तै पाकिस्तानको लाहोर, बंगलादेशको ढाका, इराकको बग्दाद, भारतको कोलकोता, थाइल्याण्डको चियांग माई, चीनको हांगझोउ, भियतनामको हानोई, सेनेगलको डाकर र म्यान्मारको यांगुन अस्वस्थ रहेको छ ।

१५० सम्मको एयर क्वालिटी इन्डेक्सलाई सन्तोषजनक मानिन्छ भने २०० सम्मलाई अस्वस्थ र २०१ देखि ३०० सम्म अति अस्वस्थ तथा ३०१ भन्दा माथिलाई आपत्कालीन अवस्था मानिएको छ ।

काठमाडौं उपत्यकाभित्र पनि खुमलटार, रत्नपार्क र भक्तपुरको वायु प्रदूषण अत्यन्तै अस्वस्थकर अवस्थामा पुगेको छ । नेपालको वातावरण विभागले आज बिहान गरेको मापनअनुसार खुमलटारको एक्युआई २५९, रत्नपार्कको २३२ र भक्तपुरको २१७ छ ।

यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको १९६, नेपालगञ्जको १७२, ललितपुर पुल्चोकको १६९ र पोखराको १५६ छ ।

अहिले काठमाडौँको वायु प्रदुषण बढ्नुमा जङ्गल लागेको डढेलो, धुलाम्मे सडक आदि कारण मानिएको छ ।

मौसम विभागले काठमाडौँमा अझै केहि दिन वायु प्रदुषणको यो अवस्था रहने र यो केहि दिन पुर्णरुपमा हट्ने सम्भाना नरहेको बताएको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
राष्ट्रियसभा उपाध्यक्षमा विमला घिमिरे निर्वाचित
पछिल्लो समाचार →
कर्णालीका मुख्यमन्त्री कँडेलले लिए शपथ

Leave a Comment

Your email address will not be published. Required fields are marked *