Latest News
Kathmandu

कर्णालीका मुख्यमन्त्री कँडेलले लिए शपथ

कर्णालीका मुख्यमन्त्री कँडेलले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रदेश प्रमुख तिलक परियारले बुधबार अपराह्न मुख्यमन्त्री कँडेललाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । एमाले संसदीय दलका नेता समेत रहेका कँडेल माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)को समर्थनमा मंगलबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

४० सदस्यीय कर्णाली प्रदेशसभामा एमालेका ९, माओवादी केन्द्रका १३ र एकीकृत समाजवादी एक सांसद छन् । २१ सांसद भए बहुमत पुग्नेमा कँडेललाई २३ सांसदको समर्थन छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
काठमाडौं बन्यो विश्वकै सबैभन्दा प्रदूषित सहर
पछिल्लो समाचार →
कोसी प्रदेशसभाको विशेष अधिवेशन वैशाख ६ मा

Leave a Comment

Your email address will not be published. Required fields are marked *