Latest News
Kathmandu

कोसी प्रदेशसभाको विशेष अधिवेशन वैशाख ६ मा

कोसी प्रदेशसभाको विशेष अधिवेशन वैशाख ६ मा
विराटनगर । कोसी प्रदेशसभाको विशेष अधिवेशन आउँदो वैशाख ६ गतेका लागि आह्वान भएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले सभाका दुई तिहाइभन्दा धेरै सदस्यको समावेदन लगत्तै अधिवेशन आह्वान गरेका हुन् ।

केन्द्रमा गठबन्धन फेरिएसँगै प्रदेशमा सरकार परिवर्तनको प्रयास सुरु भएको छ । एमाले–माओवादीका ५२ सांसदले मुख्यमन्त्री केदार कार्कीलाई दिएको विश्वासको मत फिर्ता लिएको प्रदेश प्रमुखलाई जानकारी गराएका थिए । सरकारले भने जेठ ११ गते नियमित अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष पत्राचार गरेको थियो । तर, सरकारको पत्रमा मिति गलत हुँदा फिर्ता भएको थियो । त्यसअघि नै विशेष अधिवेशनको समावेदन भएकोले आह्वान भएको बताइएको छ ।

Koshipradesh-1712745104.jpg

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
कर्णालीका मुख्यमन्त्री कँडेलले लिए शपथ
पछिल्लो समाचार →
मिस्टर गे नेपालको लोगो अङ्कित टिसर्ट सार्वजनिक

Leave a Comment

Your email address will not be published. Required fields are marked *