Latest News
Kathmandu

प्रतिनिधिसभाको बैठक बस्दै, विनियोजन विधेयकको विभिन्न शीर्षकहरूमाथि छलफल गरिने

प्रतिनिधिसभाको बैठक बस्दै, विनियोजन विधेयकको विभिन्न शीर्षकहरूमाथि छलफल गरिने

काठमाडौँ  सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयक २०८१ को विभिन्न शीर्षकहरूमाथिको छलफल जारी रहनेछ ।

सहरी विकास, रक्षा, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुने संसद् सचिवालयले जनाएको छ ।यसअघि हिजोको बैठकमा विनियोजन विधेयकअन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा र कृषि तथा पशुपक्षी विकास मन्त्रालयका विभिन्न शीर्षकमा  छलफल भएको थियो । 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
नेपाल र श्रीलंकाबिचको खेल रद्द, दुवै टोलीले १-१ अंक बाँड्ने
पछिल्लो समाचार →
कति छ आज कालीमाटीमा तरकारी तथा फलफूलको मुल्य?

Leave a Comment

Your email address will not be published. Required fields are marked *