Latest News
Kathmandu

नेपाल र श्रीलंकाबिचको खेल रद्द, दुवै टोलीले १-१ अंक बाँड्ने

नेपाल र श्रीलंकाबिचको खेल रद्द, दुवै टोलीले १-१ अंक बाँड्ने

काठमाडौँ  आईसीसी टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करणमा बुधबार बिहान हुने भनिएको नेपाल र श्रीलंकाबिचको खेल रद्द भएको छ । अमेरिकाको फ्लोरिडास्थित सेन्ट्रल ब्रोवार्ड रिजनल पार्क स्टेडियममा नेपाली समयअनुसार बिहान ५ः१५ बजे सुरु हुनुपर्ने खेल वर्षाका कारण रद्द भएको हो ।

खेल रद्द भएपछि दुवै टोलीले १-१ अंक बटुलेका छन् । खेल रद्द हुँदा दुवै टोलीलाई अर्को चरणमा पुग्न कठिन हुने देखिएको छ ।
नेपालले समूह चरणको पहिलो खेलमा नेदरल्यान्ड्ससँग छ विकेटले पराजित भएको थियो भने श्रीलङ्का पहिलो खेलमा दक्षिण अफ्रिकासँग छ विकेट र दोस्रो खेलमा बङ्गलादेशसँग दुई विकेटले पराजित भएको थियो ।

आजको खेलपछि समूह चरणका बाँकी दुई खेल खेल्न नेपाली टोली वेस्टइन्डिज जानेछ । वेस्टइन्डिजको सेन्ट भिन्सेन्टमा नेपाली टोलीले यही जेठ ३२ गते दक्षिण अफ्रिका र आगामी असार २ गते बङ्गलादेशसँग खेल्नेछ ।

<

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
विद्युत् सर्ट हुँदा ब्यारेल उद्योगमा आगलागी
पछिल्लो समाचार →
प्रतिनिधिसभाको बैठक बस्दै, विनियोजन विधेयकको विभिन्न शीर्षकहरूमाथि छलफल गरिने

Leave a Comment

Your email address will not be published. Required fields are marked *