Latest News
Kathmandu

विद्युत् सर्ट हुँदा ब्यारेल उद्योगमा आगलागी

विद्युत् सर्ट हुँदा ब्यारेल उद्योगमा आगलागी

काठमाडौँ बाराको जीतपुरसिमरा उपमहानगर–२१ स्थित नेपाल आयल निगम अम्लेखगञ्ज डिपोसँगै रहेको नेपाल बिटुमिन तथा ब्यारेल उद्योगमा आगलागी भएको छ ।

आज विद्युत् सर्ट भई आगलागी भएको उद्योग प्रशासनले जनाएको छ । उद्योगका कर्मचारी ज्ञान भरोसी प्रसाद गुप्ताले अचानक विद्युत् सर्ट भएर आगलागी भएको बताए । उद्योगमा लागेको आगो नेपाली सेना, जनपथ प्रहरी र सशस्त्र प्रहरीले २ घण्टापछि नियन्त्रणमा लिएका छन् । इलाका प्रहरी कार्यालय सिमराका प्रमुख चिरञ्जीवी दाहालले आगलागीबाट भएको क्षतिको विवरण भने आउन बाँकी रहेका बताए ।

‘अहिले के–के क्षति भयो भन्ने हामीले हेरिसकेका छैनौँ, उद्योगभित्र रहेका कच्चा पदार्थहरू जलेर नष्ट भएको भन्ने सूचना छ,’ उनले भने । आगलागी नियन्त्रण लिन नेपाल आयल निगम अक्लेखगञ्ज डिपो, जीतपुरसिमरा, कलैया र हेटौंडा उपमहानगरको दमकल प्रयोग गरिएको थियो । आयल निगमसँगै रहेको बिटुमिन तथा ब्यारेल उद्योगले सडक कालोपत्र गर्न प्रयोग गरिने कच्चा पदार्थ उत्पादन गर्दछ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
फिल्म ‘ह्रस्व दीर्घ’बाट नायिका नीता ढुंगानाको पहिलो लुक्स सार्वजनिक
पछिल्लो समाचार →
नेपाल र श्रीलंकाबिचको खेल रद्द, दुवै टोलीले १-१ अंक बाँड्ने

Leave a Comment

Your email address will not be published. Required fields are marked *