Latest News
Kathmandu

भोजपुरको हतुवागढीबाट बलात्कारमा संलग्न रहेको आरोपमा एकजना पक्राउ

भोजपुरको हतुवागढीबाट बलात्कारमा संलग्न रहेको आरोपमा एकजना पक्राउ

काठमाडौँ भोजपुरको हतुवागढीबाट प्रहरीले बलात्कारमा संलग्न रहेको आरोपमा एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हतुवागढी गाउँपालिका–९ बस्ने २५ वर्षीय रिठ्ठे भन्ने विशाल मगर रहेका छन् ।

मगरले १४ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोप छ । बालिकाको घर नजिकैको गोठमा उनले वैशाख ७ मा साँझ बलात्कार गर्दा गर्भ समेत रहेको जाहेरीको आधारमा आरोपीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

विशालविरुद्ध ५ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
भन्सार छलेर ल्याएको सामान बरामद
पछिल्लो समाचार →
जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव चयन

Leave a Comment

Your email address will not be published. Required fields are marked *