Latest News
Kathmandu

फिल्म ‘देवी’ आगामी भदौ २१ मा प्रदर्शन हुने

फिल्म ‘देवी’ आगामी भदौ २१ मा प्रदर्शन हुने

काठमाडौँ। संजोग राईको निर्देशनमा बनेको फिल्म ‘देवी’ आगामी भदौ २१ मा प्रदर्शन हुने भएको छ।

शिल्पाको मास्केको मुख्य भूमिका रहेको फिल्मको निर्माण पक्षले फस्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरेको हो ।

रहस्यमय पोस्टरमा अभिनेत्री शिल्पा मास्केलाई देख्न सकिन्छ। नेपथ्यमा भने कसैको हत्या गरिरहेको दृश्य पनि छ। फिल्मको पटकथा निर्देशक राई र अजय गौतमले लेखेका छन्। सार्वजनिक पोस्टरले विद्रोहको कथा भन्न खोजेको अनुमान लगाउन सकिन्छ । एक्जिबिटको प्रस्तुति रहेको यो फिल्म बाँसुरी फिल्म्सको ब्यानरमा बनेको हो । फिल्मको निर्मातामा पनि निर्देशक राईसहित रेमन गुरुङ र नारायण गुरुङ छन् भने सहनिर्मातामा उजेन नोर्बु गुरुङ र मिलन लामा छन्।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
एथलेटिक्समा गण्डकी बन्यो टिम च्याम्पियन
पछिल्लो समाचार →
नेप्से परिसूचक घटेपनि ६ अर्बमाथिको सेयर कारोबार

Leave a Comment

Your email address will not be published. Required fields are marked *