Latest News
Kathmandu

बजेट निर्माणका लागि सबै सांसदहरूले मिलेर छुट्टै ऐन तर्जुमा गर्नुपर्ने : सांसद तोसिमा

बजेट निर्माणका लागि सबै सांसदहरूले मिलेर छुट्टै ऐन तर्जुमा गर्नुपर्ने : सांसद तोसिमा

काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तोसिमा कार्कीले बजेट निर्माणका लागि सबै सांसदहरूले मिलेर छुट्टै ऐन तर्जुमा गर्नुपर्ने बताएकी छिन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा उनले बजेट निर्माणमा तलमाथि हुन नदिन पनि छुट्टै व्यवस्था आवश्यक रहेको बताइन् ।

‘हामी २७५ जना सांसदहरूले औपचारिक तथा अनौपचारिकरूपमा यो प्रस्ताव भएन, यो प्रक्रिया मिलेन, सेटिङमा गरियो, आफ्नो निर्वाचन क्षेत्रमा मात्र लगियो, यसलाई सुधार गर्नुपर्छ भनिरहँदा आउनुस्न, संकल्प गरौँ । म एउटा प्रस्ताव यहाँ अनुरोध गर्न चाहन्छु– सबै सांसदहरू मिलेर एउटा बजेट निर्माण ऐन तर्जुमा गरौँ । त्यो ऐन बनाऔँ’ उनले भनिन् । सांसद कार्कीले सरकारले प्रस्तुत गरेको मन्त्रालयगत बजेट विनियोजनमा स्पष्ट कार्यक्रम आउन नसकेको पनि टिप्पणी गरिन् ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
मे महिनामा अस्ट्रेलियाको बेरोजगारी दर घट्यो
पछिल्लो समाचार →
गायन रियालिटी शो ‘द भ्वाइस किड्स’ सिजन ३ भोलिदेखि प्रसारणमा आउँदै

Leave a Comment

Your email address will not be published. Required fields are marked *