Latest News
Kathmandu

गायन रियालिटी शो ‘द भ्वाइस किड्स’ सिजन ३ भोलिदेखि प्रसारणमा आउँदै

गायन रियालिटी शो ‘द भ्वाइस किड्स’ सिजन ३ भोलिदेखि प्रसारणमा आउँदै

काठमाडौँ -गायन रियालिटी शो ‘द भ्वाइस किड्स’ सिजन ३ भोलिदेखि प्रसारणमा आउँदैछ। राती ८ बजेदेखि हिमालय टिभीमा ब्लाइन्ड अडिसनबाट यो सिजन सुरू हुनेछ।

सिजन ३ मा दुई जना कोच परिवर्तन भएका छन्। गायक प्रमोद खरेल, छेवाङ लामा, गायिका मिलन नेवार र मेलिना राई कोचका रूपमा छन्। छेवाङ र मेलिना यो सिजनमा भित्रिएका हुन्। होस्टका रूपमा सुशील नेपालको स्थानमा रोनिस्मा श्रेष्ठको प्रवेश भएको छ ।  बुधबार वान सिनेमाज हलमा ‘द भ्वाइस किड्स’ को प्रिमियर समारोह गरिएको थियो। यस सिजनको पहिलो एपिसोड स्क्रिनिङ गरिएको प्रियियरमा प्रसारण च्यानल हिमालय टिभी र प्रायोजकबीच लिखित सम्झौता समेत गरिएको थियो।

यो सिजनमा ब्लाइन्ड अडिसनबाट ४८ जना प्रतिस्पर्धी छनोट हुनेछन्। द ब्याटल, लाइभ शो, सेमीफाइनल र फिनाले तय छन्। दुई महिना चल्ने यो सिजनको साउन ३२ गते फिनाले हुनेछ। शोलाई लक्ष्मण पौड्यालले निर्देशन गर्दै आएका छन्।  ६ देखि १४ वर्ष उमेरसम्मका बालबालिकाले यसमा प्रतिस्पर्धा गर्न पाउनेछन्। भ्वाइस किड्स शुक्रबार र शनिबार प्रसारण हुनेछ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
बजेट निर्माणका लागि सबै सांसदहरूले मिलेर छुट्टै ऐन तर्जुमा गर्नुपर्ने : सांसद तोसिमा
पछिल्लो समाचार →
भाषा आयोग र ‘काठमाडौँ स्कुल अफ ल’बिच लोपोन्मुख एवं मातृभाषाको विकास त संरक्षणका पक्षमा द्विपक्षीय सम्झौता

Leave a Comment

Your email address will not be published. Required fields are marked *