Latest News
Kathmandu

मैथिली विकास कोषको सङ्ग्रहालयसहित भवन निर्माण अन्तिम चरणमा

मैथिली विकास कोषको सङ्ग्रहालयसहित भवन निर्माण अन्तिम चरणमा

काठमाडौँ  जनकपुरधाममा मैथिली भाषा, साहित्य तथा संस्कृतिको उत्थानमा क्रियाशील मैथिली विकास कोषको सङ्ग्रहालयसहित भवन निर्माण अन्तिम चरणमा पुगेको छ । कोषका अध्यक्ष जीवनाथ चौधरीका अनुसार जनकपुरधाम–८ मा रहेका विहारकुण्डको पश्चिमपट्टि भवन निर्माण पूरा हुने क्रममा छ ।

मधेस प्रदेशको राजधानी जनकपुरधामको संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले भवन निर्माण सुरु गरिएको थियो । अध्यक्ष चौधरीले भने, ‘भवनमा सङ्ग्रहालय स्थापना भएपछि यो पर्यटकहरुका लागि पनि गन्तव्य बन्नेमा विश्वास लिएका छौँ ।

मधेस प्रदेश सरकारको रु सात करोड लगानीमा निर्माण भएको चारतले भवनमा सङ्ग्रहालय, तीन सयजना अटाउने सभाहल तथा नाटक घर, पुस्तकालय, स्टुडियोसहितका सुविधा रहनेछन् । जनकपुरधामको सीताकुण्डको जग्गा भाडामा लिएर भवन निर्माण गरिएको हो ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
मनसुन सुरु भएकाले पूर्वतयारीसँगै आवश्यक अन्य प्रबन्ध गर्नुपर्नेमा संसदहरुको जोड
पछिल्लो समाचार →
दक्षिणी रुसको तेल भण्डारण ट्याङ्कीहरूमा ड्रोन आक्रमण

Leave a Comment

Your email address will not be published. Required fields are marked *