Latest News
Kathmandu

कवाडी व्यवसायीहरूले प्रदर्शनलाई आज पनि निरन्तरता दिए

कवाडी व्यवसायीहरूले प्रदर्शनलाई आज पनि निरन्तरता दिए

काठमाडौँ कवाडी व्यवसायीहरूले बुधबार पनि आफ्नो प्रदर्शनलाई निरन्तरता दिएका छन् । उच्च अदालत पाटनले कवाडी व्यवसायीलाई नहटाउनु भन्ने आदेश दिँदा पनि काठमाडौँ महानगरपालिकाले कवाडी व्यवसायीको टहरामा डोजर चलाएपछि उनीहरू फेरि प्रदर्शनमा उत्रिएका हुन् ।

कवाडी व्यवसायीहरूले केही दिनदेखि महानगरको निर्णयविरुद्ध विरोध प्रदर्शन गर्दै आएका छन् । मंगलबार कवाडी व्यवसायीहरू कमलादीस्थित महानगरको कार्यालय घेर्न पुगेका थिए । सोही क्रममा नेपाल प्रहरीले उनीहरूमाथि लाठी चार्ज पनि गरेको थियो ।

बुधबार उनीहरूले महानगरविरुद्ध शान्तिपूर्ण प्रदर्शन गरेका छन् । उनीहरू माइतीघरमा भेला भई बानेश्वरसम्म र्‍याली गर्दै प्रदर्शन गरेका छन् ।

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
एनभिदिया बन्यो विश्वकै मूल्यवान् कम्पनी
पछिल्लो समाचार →
२ दशमलव २७ अंकले बढ्यो नेप्से, कारोबार रकम कति ?

Leave a Comment

Your email address will not be published. Required fields are marked *