Latest News
Kathmandu

२ दशमलव २७ अंकले बढ्यो नेप्से, कारोबार रकम कति ?

२ दशमलव २७ अंकले बढ्यो नेप्से, कारोबार रकम कति ?

काठमाडौं साताको कारोबारको तेस्रो दिन आज नेप्सेमा झिनो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक २ दशमलव २७ अंकले बढेर २०७८ दशमलव ७६ को विन्दुमा पुगेको छ ।

बुधबार ३०८ कम्पनीका ४८ हजार ७ सय ६ पटकको कारोबारमा ७२ लाख ९ हजार ७ सय ५७ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम भने ३ अर्ब ४० करोड ४३ लाख ७२ हजार ६ सय ३२ रुपैयाँ रहेको छ ।

त्यस्तै, आज १३ उपसमूहमध्ये ६ वटा बढेको छ भने ७ वटा घटेको छ । सर्वाधिक बढ्नेमा फाइनान्स कम्पनी रहेको छ भने घट्नेमा व्यापार र निर्माण कम्पनी रहेको छ ।सेन्सेटिभ इन्डेक्स ० दशमलव ५५ अंकले बढेको छ भने फ्लोट इन्डेक्स ० दशमलव १६ अंकले बढेको छ । त्यस्तै, सेन्सेटिभ फ्लोट इन्डेक्स ० दशमलव २३ अंकले बढेको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
कवाडी व्यवसायीहरूले प्रदर्शनलाई आज पनि निरन्तरता दिए
पछिल्लो समाचार →
प्रदेशस्तरीय पुरुष टी–२० क्रिकेटः फाइनलमा कास्की र स्याङ्जा भिड्ने

Leave a Comment

Your email address will not be published. Required fields are marked *