Latest News
Kathmandu

पाकिस्तानी मोडेल डा.एलिया सोयवको भिडियो ‘माया बस्यो’ सार्वजनिक

पाकिस्तानी मोडेल डा.एलिया सोयवको भिडियो ‘माया बस्यो’ सार्वजनिक

काठमाडौँ पाकिस्तानी मोडेल डा.एलिया सोयव अभिनित रोमान्टिक म्युजिक भिडियो ‘माया बस्यो’ सार्वजनिक भएको छ । भिडियोमा एलियालाई गायक सुरेश लामाले मोडलिङमा साथ दिएका छन् ।

गीतमा स्वर पनि लामाकै छ । युवाको प्रेम र आकर्षण व्यक्त गरिएको गीतमा शब्द र सङ्गीत डा. एलिया सोयव र सुरेश लामाकै छ । गीतमा सङ्गीत संयोजन रिकेश गुरुङको छ ।

पवन सुस्लिङको छायाङ्कन र सम्पादन रहेको भिडियोमा निर्मल कुमार लामा (बिजी) को निर्देशन छ । नेपाल र नेपालीलाई अति नै माया गर्ने डा. एलिया सोयव गायक सुरेश लामाको टिकटक जोडीको रूपमा नेपाली फ्यानहरू माझ लोकप्रिय छिन् ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
प्रति तोला कति पुग्यो सुनको मुल्य ?
पछिल्लो समाचार →
अल् जजिरा एक्सचेन्ज र सिटी एक्सप्रेसबिच कारोबार सम्झौता

Leave a Comment

Your email address will not be published. Required fields are marked *