Latest News
Kathmandu

अल् जजिरा एक्सचेन्ज र सिटी एक्सप्रेसबिच कारोबार सम्झौता

अल् जजिरा एक्सचेन्ज र सिटी एक्सप्रेसबिच कारोबार सम्झौता

काठमाडौँ युएईको ख्यातिप्राप्त अल् जजिरा एक्सचेन्ज र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिटान्स कारोबार सुरु भएको छ ।

युएईमा रहनुभएका नेपालीहरुले अल् जजिरा एक्सचेन्जको सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नु हुनेछ ।

नेपालमा सिटी एक्सप्रेससँंग आबद्ध २५,००० भन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिन्छ र नेपालको जुन सुकै बैंकको खातामा पनि रकम जम्मा अथवा मोबाईल वालेटमा लोड गर्न सकिन्छ ।

यस सम्झौताका आधारमा युएईमा बैदेशिक रोजगारीमा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई सहज र गुणस्तरिय बिप्रेषण सेवा प्रदान हुने बिश्वास लिन सकिन्छ ।
सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १७ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा र रेमिटेन्स भुक्तानि सुचारु गरेको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
पाकिस्तानी मोडेल डा.एलिया सोयवको भिडियो ‘माया बस्यो’ सार्वजनिक
पछिल्लो समाचार →
सहकारीसम्बन्धी उजुरी र गुनासो सङ्कलन गरी विश्लेषण उच्चस्तरीय जाँचबुझ समिति गठन गरिन्छ स: प्रधानमन्त्री

Leave a Comment

Your email address will not be published. Required fields are marked *