Latest News
Kathmandu

रास्वपाको दुई वर्षे कार्यकाल राम्रै रहेको छ : अध्यक्ष ओली

रास्वपाको दुई वर्षे कार्यकाल राम्रै रहेको छ : अध्यक्ष ओली

काठमाडौँ  नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको दुई वर्षे कार्यकाल राम्रै रहेको टिप्पणी गरेका छन् ।

शुक्रबार रास्वपा स्थापना दिवसको २ वर्षको अवसर पारेर काठमाडौँमा आयोजित एक कार्यक्रममा सञ्चारकर्मीहरूले जिज्ञासा राखेपछि उनले सो प्रतिक्रिया दिएका हुन् । त्यस अवसरमा ओलीले रास्वपालाई स्थापना दिवसको शुभकामना पनि व्यक्त गरे  । उनले भने, शुभकामना छ । रास्वपाको दुई वर्षे कार्यकाल राम्रै छ ।

रास्वपा सभापति समेत रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले एमालेसँगको सहकार्यमा दोस्रो पटक सत्तारुढ गठबन्धनमा आबद्ध भएका छन् ।  

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
आईडीए–२१ को तेस्रो परिपूरण बैठक सम्पन्न
पछिल्लो समाचार →
यस्तो रहनेछ आगामी तिन दिनसम्मको मौसम

Leave a Comment

Your email address will not be published. Required fields are marked *