Latest News
Kathmandu

यस्तो रहनेछ आगामी तिन दिनसम्मको मौसम

यस्तो रहनेछ आगामी तिन दिनसम्मको मौसम

काठमाडाैंअबको तीनदिन देशभर नै भारीवर्षाको हुने संम्भावना बढेको मौसम पूर्वाअनुमान महाशाखाले जनाएको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । बाग्मती, गण्डकी  र लुम्बिनी प्रदेशका केही, कोशी र  मधेश प्रदेशको थोरै तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जनाएकाे छ ।

रातीː कोशी, मधेश, बागमती, गण्डकी  र लुम्बिनी प्रदेश लगायत पहाडी भूभागमा आंशिक  देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै लुम्बिनी प्रदेशका  एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

२०८१ असार ९ गते (आइतबार)

देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका  एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

रातीːकोशी, मधेश, बागमती, गण्डकी  र लुम्बिनी प्रदेश लगायत पहाडी भूभागमा आंशिक  देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै कर्णाली र सुदुरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागका  एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

२०८१ असार १० गते सोमबार

दिउँसोː कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका  एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
रास्वपाको दुई वर्षे कार्यकाल राम्रै रहेको छ : अध्यक्ष ओली
पछिल्लो समाचार →
साउदी अरबमा हजका लागि गएका ९८ भारतीयको मृत्यु

Leave a Comment

Your email address will not be published. Required fields are marked *