Latest News
Kathmandu

साउदी अरबमा हजका लागि गएका ९८ भारतीयको मृत्यु

साउदी अरबमा हजका लागि गएका ९८ भारतीयको मृत्यु

काठमाडौँ यसवर्ष साउदी अरबमा हजका लागि गएका ९८ भारतीयको मृत्यु भएको छ ।

भारतको विदेश मन्त्रालयका अनुसार यस वर्षको हालसम्मको अवधिमा १ लाख ७५ हजार तीर्थयात्री हजका लागि गएका थिए । अत्यधिक गर्मीका कारण साउदी अरबमा धेरै देशका नागरिकको मृत्यु भएको छ । साउदी अरबमा मृत्यु हुनेको आधिकारिक तथ्याङ्क सार्वजनिक गरिएको छैन तर अहिलेसम्म ९०० भन्दा बढी तिर्थालुको मृत्यु भएको अनुमान गरिएको छ ।

‘हरेक वर्ष ठुलो सङ्ख्यामा भारतीय तीर्थयात्री हज जान्छन् । यो वर्ष अहिलेसम्म १ लाख ७५ हजार भारतीय हज गएका छन् । अहिलेसम्म साउदी अरबमा ९८ भारतीयको मृत्यु भएको छ’ भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले भनेका छन् । साउदी अरबमा हजका क्रममा ज्यान गुमाएका मानिसलाई त्यहीँ गाडिन्छ । हरेक वर्ष विश्वभरबाट लाखौं तीर्थयात्री मक्का र मदिनामा जान्छन् । हजको समयमा मर्नु र साउदी अरबमा गाड्नुलाई मुस्लिमहरूले सौभाग्य ठान्छन् । एजेन्सी

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
यस्तो रहनेछ आगामी तिन दिनसम्मको मौसम
पछिल्लो समाचार →
पप गायनमा पुनः फर्किंदै प्रधान, ल्याए ‘स्टिम इञ्जिनको भिडियो

Leave a Comment

Your email address will not be published. Required fields are marked *