Latest News
Kathmandu

पप गायनमा पुनः फर्किंदै प्रधान, ल्याए ‘स्टिम इञ्जिनको भिडियो

पप गायनमा पुनः फर्किंदै प्रधान, ल्याए ‘स्टिम इञ्जिनको भिडियो

काठमाडौं । गायक सञ्जिप प्रधानले ‘स्टिम इञ्जिन’ बोल गीतको भिडियो सार्वजनिक गरेका छन् । उनले लामो समयपछि यस बोलको गीतबाट पप गायनमा पुर्नआगमन गरेका हुन् ।



गायक प्रधान स्वयम् र मोडल करिश्मा श्रेष्ठले मोडलिङ गरेको सार्वजनिक भिडियोको गीतमा कबवेभ व्याण्डका दिपेश मुल्मीको एरेञ्ज रहेको छ । ५०-६० को दशकमा देउरालीको चौतारीमा, कसरी भनुँ म, भोलि फेरि सल्लाघारीमा, नशाभित्र नशासरी जस्ता हिट गीतबाट चर्चामा रहेका प्रधान लामो समयपछि दर्शक माझ फर्किका हुन् ।

काभ्रेको पनौतीका रमणीय स्थानमा छायांकन गरिएको भिडियोमा यात्रामा रहेका एक यात्रीले कल्पना गरिरहेकी सुन्दर युवतीलाई वास्तविक जीवनमा भेटेको दृश्यलाई निर्देशक सुव्रत आचार्यले कलात्मक रुपमा देखाएका छन् ।

निर्देशक आचार्यले प्रधानको यस भिडियोलाई गीतअनुसार पप जनरामा आधारित भई निर्माण गरिएको बताउँछन् । जया शर्मा क्रियटिभ डाइरेक्टर रहेको सार्वजनिक भिडियोको छायांकन उत्सव दाहालले गरेका हुन् भने सम्पादन विकास दाहालले गरेका हुन् ।

भिडियो गायक प्रधानको अफिसिल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
साउदी अरबमा हजका लागि गएका ९८ भारतीयको मृत्यु
पछिल्लो समाचार →
 नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीले क्यानडाको ग्लोबल टी-२० खेल्ने पक्का

Leave a Comment

Your email address will not be published. Required fields are marked *