Latest News
Kathmandu

 नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीले क्यानडाको ग्लोबल टी-२० खेल्ने पक्का

 नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीले क्यानडाको ग्लोबल टी-२० खेल्ने पक्का

काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीले क्यानडाको ग्लोबल टी-२० खेल्ने पक्का भएको छ।अल राउन्डर दीपेन्द्रसिंह ऐरी र लेग स्पिनर सन्दीप लामिछानेलाई फ्रेन्चाइज टोली भ्यानकुभर नाइट्सले अनुबन्धन गर्दा कप्तान रोहित पौडेललाई टोरेन्टो नेसनल्सले अनुबन्धन गरेको छ ।

क्यानडियन लिग ग्लोबल टी-२० मा दीपेन्द्रले यसअघि २०२३ को संस्करण मोन्ट्रियल टाइगर्स बाट खेल्दै उपाधिसमेत जितेका थिए। त्यस्तै विश्वका चर्चित फ्रेन्चाइज लिगहरुको अनुभव बोकिसकेका सन्दीप मोन्ट्रियल र टोरोन्टोमा अनुबन्ध भएर ग्लोबल टी-२० खेलिसकेका छन्। सन्दीप र दीपेन्द्रसँगै भ्यानकुभरमा पाकिस्तानका बाबर आजम, मोहम्मद आमिर र मोहम्मद रिजवानलगायत खेलाडीहरू रहेका छन्।

त्यस्तै टोलीमा पल भ्यान मिकरेन र रुबेन ट्रम्पलम्यान जस्ता अनुभवी एसोसिएट खेलाडी र दक्षिण अफ्रिकाका डवेन प्रिटोरियसलगायत अनुबन्धित छन्। कप्तान रोहित पौडेल भने टोरन्टो नेसनल्समा अनुबन्ध भएका छन्। रोहित अनुबन्धित टोलीमा सहिन साहा अफ्रिदी, कोलिन मुन्द्रो, रोमेरो सेफर्ड तथा रसि भान डुसेन जस्ता स्टार खेलाडीहरु रहेका छन्। यस संस्करणको ग्लोबल टि-२० लिग जुलाई २५ देखि सुरु हुँदैछ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
पप गायनमा पुनः फर्किंदै प्रधान, ल्याए ‘स्टिम इञ्जिनको भिडियो
पछिल्लो समाचार →
नेपाल आइडल सिजन ५ को उपाधि करण परियारको हातमा

Leave a Comment

Your email address will not be published. Required fields are marked *