Latest News
Kathmandu

नेपाल आइडल सिजन ५ को उपाधि करण परियारको हातमा

नेपाल आइडल सिजन ५ को उपाधि करण परियारको हातमा

काठमाडौं करण परियारले जिते नेपाल आइडल सिजन ५ को उपाधि गायन रियालिटी शो नेपाल आइडल सिजन ५ को उपाधि बर्दियाका करण परियारले जितेका छन् ।

शनिबार राति नेपाल आइडलको स्टुडियोमा भएको ग्रान्ड फिनालेमा अन्य फाइनलिस्टहरु मोहित भुजेल, सलोमी गुरुङ र सचिन विश्वकर्मालाई पछि पार्दै उनी विजेता बनेका हुन्
दर्शकको भोटको आधारमा उनी विजेता चुनिएका हुन् । उपाधि जितेसँगै उनले ट्रफीसहित २५ लाख रुपैयाँ नगद र अन्य पुरस्कार प्राप्त गरेका छन् ।

प्रतियोगितामा पोखराकी सलोमी गुरुङ फस्ट रनरअप बनिन् । उनले ट्रफीसहित नगद १० लाख पुरस्कार प्राप्त गरिन् । यस्तै दार्जिलिङका सचिन विश्वकर्मा सेकेन्ड रनरअप बने । उनले नगद ५ लाख रुपैयाँ प्राप्त गरे

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
 नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीले क्यानडाको ग्लोबल टी-२० खेल्ने पक्का
पछिल्लो समाचार →
कति पुग्यो डलरको भाउ?

Leave a Comment

Your email address will not be published. Required fields are marked *