Latest News
Kathmandu

दक्षिण कोरियामा ब्याट्री बनाउने कारखानामा ब्याट्री विस्फोट हुँदा १६ जनाको मृत्यु

दक्षिण कोरियामा ब्याट्री बनाउने कारखानामा ब्याट्री विस्फोट हुँदा १६ जनाको मृत्यु

काठमाडौँ। दक्षिण कोरियामा ब्याट्री बनाउने कारखानामा कयौँ लिथियम ब्याट्री विस्फोट हुँदा आगलागी भएको छ । यस घटनामा १६ जनाको मृत्यु भएको बताइएको छ ।

घटना सोमबार बिहानको हो । दक्षिण कोरियाको राजधानी सोलबाट ४५ किलोमिटर टाढा रहेको ह्वासेङ सहरको एउटा कारखानामा आगलागी भएको सञ्चारमाध्यामहरुले बताएका छन् । अग्नि नियन्त्रकहरूले आगो निभाउन सक्दो प्रयास गरिरहँदा पनि कारखानामा स–साना विस्फोट भइरहेको स्थानीय टेलिभिजन फुटेजमा देखिएको थियो ।सो क्रममा कारखानाको छानाको एक भाग भत्किएको थियो । दक्षिण कोरिया लिथियम ब्याट्रीको ठुलो आपूर्तिकर्ता हो । यहाँ बनाइएका ब्याट्रीहरू विद्युतीय सवारी साधनदेखि ल्यापटपसम्म कयौँ उपकरणमा प्रयोग गरिन्छ ।

यस घटनामा हालसम्म १६ जनाको मृत्यु भएको र सात जना घाइते भएको ह्वासेङको मेडिकल अथोरिटीका एक अधिकारीले बताएका छन् । सो कारखानाको दोस्रो तल्लामा अन्यत्र पठाउन प्याक गरेर करिब ३५ हजार ब्याट्री राखिएको थियो । ब्याट्रीमा आगो कसरी लाग्यो भन्ने अहिलेसम्म थाहा हुन सकेको छैन । घटनाको समयमा कारखानामा करिब एकसय कर्मचारी काम गरिरहेका थिए ।एजेन्सी

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
भरतपुर महानगरपालिकामा एक घर दुई रुख अनिवार्य
पछिल्लो समाचार →
विराटनगरको बजेट ३ अर्ब ४९ करोड ९८ लाख ८६ हजार रुपैयाँ

Leave a Comment

Your email address will not be published. Required fields are marked *