Latest News
Kathmandu

घट्यो सेयर बजार, कारोबार रकम कति ?

घट्यो सेयर बजार, कारोबार रकम कति ?

काठमाडौं साताको अन्तिम कारोबार दिन सेयर बजार ८.२४ अंकले घटेर २०५१ को विन्दुमा कायम हुन पुगेको छ ।

आज नेप्सेमा कारोबार भएको आज ३३३ कम्पनीको ८९ लाख १ हजार १९५ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७१ करोड ५९ लाख ३ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा गिरावट आउँदा १० वटा उपसूचक राताम्मै भएको छ ।

सर्वाधिक कारोबार हुने कम्पनी

उक्त दिन नेपाल फाइनान्सको सेयरमा नकरात्मक सर्किट लाएको छ । त्यसैगरी शिवश्री हाइडेपावरको ७.८१ प्रतिशत, साधना लघुवित्तको ६.१७ प्रतिशतले सेयर मूल्य घटेको छ । आज सबैभन्दा बढी नेपाल फाइनान्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको २२ करोड ७६ लाख ४१ हजार रुपैया बराबरको कारोबार भएको छ ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको हिमालयन रिइन्स्योरेन्सको २१ करोड ४१ लाख ४० हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । त्यस्तै उक्त दिन यूनाइटेड इदिमार्दी हाइड्रोपावरको १२ करोड ५ लाख ६१ हजार रुपैयाँ, पोखरा फाइनान्सको ८ करोड ७८ लाख ५२ हजार रुपैयाँ र जानकी फाइनान्सको ७ करोड ९४ लाख ६० हजार रुपैयाँको कारोबार भएको हो ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
फिल्म कल्कीको एडभान्स बुकिङमा ५५ करोड ५ लाख भारु भन्दा बढी कमाइ
पछिल्लो समाचार →
मेलम्ची खोलाले बगाउँदा एक युवतीको ज्यान गयो

Leave a Comment

Your email address will not be published. Required fields are marked *